४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । सरकारका ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)लाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस