चलचित्र उपहारको गीत ‘हारेको छैन’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चलचित्र उपहारको गीत ‘हारेको छैन’ सार्वजनिक (भिडियोसहित)


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द छ ।

फागुन २५ गतेबाट रिलिज हुने फिल्मको यो गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक विषयवस्तुमा आधारित रहेको फिल्ममा दर्शकले हाँस्यरसदेखि रोदनसम्म पाउने बताए ।

फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस