यू-१९ विश्वकप : आज नेपाल र भारत भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यू-१९ विश्वकप : आज नेपाल र भारत भिड्दै


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। 

नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १:४५ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ।

 विश्वकपमा नेपालले भारतसँग यसअघि दुई पटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो। 

सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो।  २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।

अहिले उपाधि दाबेदार भारतको सेमिफाइनलमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ। दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस