विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र बन्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र बन्ने


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । विकास आयोजनाको अनुगमन तथा मूल्यांकन गर्न प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र बन्ने भएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘अनुगमन तथा मुल्याङ्कन सम्बन्धी विधेयक’मा अनुगमन तथा मूल्यांकनसम्बन्धी सर्वोच्च संयन्त्रका रूपमा ‘राष्ट्रिय विकास समस्या समाधान समिति रहने’ व्यवस्था राखिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने यो समितिको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित संघ, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाको प्रगति विवरण हेर्ने, समीक्षा गर्ने, अनुगमन तथा मूल्यांकन गर्ने अधिकार हुनेछ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाका अनुसार राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।

यो विधेयक २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । २३ माघ २०७९ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस