वैदेशिक सहायता प्रतिबद्धतामा गिरावट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैदेशिक सहायता प्रतिबद्धतामा गिरावट


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपालको वैदेशिक सहयता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामा नेपालले ५८ अर्ब १७ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।  

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ९ अर्ब चार करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब ८७ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस