नापी अधिकृत, सर्भेक्षक र जग्गाधनी दोषी ठहर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नापी अधिकृत, सर्भेक्षक र जग्गाधनी दोषी ठहर


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । रुपन्देहीमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न तीन जना दोषी ठहर भएका छन् ।

विशेष अदालतले बिहीबार नापी अधिकृत, सर्भेक्षक र जग्गाधनीलाई दोषी ठहर गर्दै प्रक्रियामा संलग्न अन्यमाथि अनुसन्धान नभएको भन्दै अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवान दोषी ठहर भएका अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैदको सजाय सुनाएको कार्कीले बताए । व्यक्तिको नाममा ल्याइएको सरकारी जग्गा पनि जफत हुने फैसला भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस