करको विरोधमा देशभरका सिनेमा हल बन्द गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

करको विरोधमा देशभरका सिनेमा हल बन्द गरिने


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।

संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरूको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस