२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गंगालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठान बनाइने

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताएका छन् । केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रलाई प्रतिष्ठानका रूपमा रूपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।

‘केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरू यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरू यही हुनुहुन्छ । यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउँछौँ भन्दा छेक्नुपर्ने कारण छैन’, मन्त्री बस्नेतले भने, ‘केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईँहरूको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ ।’

गत भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणा पत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको मन्त्री बस्नेतको भनाइ छ ।

‘संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रूपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ’, उनले भने ।

केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे ।

निर्देशक डा. मल्लले केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । ‘विगत सात वर्षदेखि मुटु शल्य चिकित्सकको विधामा कोही पढ्न आएका छैनन् र यही अवस्था रहेमा केही वर्षभित्रमा मुटु शल्य चिकित्सकको अभाव हुन सक्ने देखिन्छ’, उनले भने, ‘यस केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्न सकिए सो अभाव पूर्ति गर्न सकिनेछ ।’

विक्रम संवत् २०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले दुई सय ९६ शय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

केन्द्रले गत वर्ष सन् २०२३ मा एक लाख ९२ हजार नौ सय ९२ जना बिरामीलाई बहिरंग सेवा उपलब्ध गराएको छ । सोही वर्ष १४ हजार नौ सय ८८ जनाले अन्तरङ्ग उपचार सेवा लिएका छन् । यसैगरी, २० हजार तीन सय १७ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन भने एक हजार आठ सय ३८ जना बिरामीले शल्यक्रिया गराएका छन् ।

गत वर्ष नै केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आठ हजार एक सय ७२ बिरामीको मुटु परीक्षण गरेको थियो । केन्द्रले विभिन्न विद्यालयका सात हजार सात सय १८ जना विद्यार्थी को ‘इको स्क्रिनिङ’ समेत गरेको थियो ।

गत आव ०७९र०८० को वार्षिक कार्यक्रम सञ्चालनका लागि सरकारतर्फ ५४ करोड २९ लाख खर्च भई सय प्रतिशत वित्तीय प्रगति भएको केन्द्रको प्रगति विवरणमा उल्लेख छ । यस्तै आन्तरिकतर्फ एक अर्ब ५१ करोड ९४ लाख बजेटमा एक अर्ब ४७ करोड ५८ लाख खर्च भई ९७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस