कृषि समितिमा आरजू राणा र प्रेम सुवालबीच चर्काचर्की « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि समितिमा आरजू राणा र प्रेम सुवालबीच चर्काचर्की


१५ माघ २०८०, सोमबार


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजू राणा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ ।

सोमबार समितिको बैठकमा सुवाल आक्रोशित बनेका थिए । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको थियो । सोही अनुरूप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए ।

आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजू राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल आक्रोशित बनेका थिए । सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईँहरूलाई घोचेको कुरा मन पर्दैन, तपाईँहरूलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनी प्रतिवाद गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस