१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार, निजी क्षेत्र र सेनालाई जिम्मा दिने निर्णय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार अघि बढेको बताएका छन् ।

पर्साको वीरगञ्जमा आइतबार सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको बताए ।

‘हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौँ । विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना छ । कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ’, उनले भने, ‘यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ । यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ ।’

सम्बन्धित समाचार : बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ‘प्रचण्ड’ले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे । त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ ।

सबैको राय सुझाव सङ्कलन गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुने औँल्याए ।

प्रतिक्रिया दिनुहोस