मतदान नगर्ने जनप्रतिनिधिप्रति प्रमुख निर्वाचन आयुक्त थपलियाले जनाए आपत्ति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मतदान नगर्ने जनप्रतिनिधिप्रति प्रमुख निर्वाचन आयुक्त थपलियाले जनाए आपत्ति


१४ माघ २०८०, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान नगर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् ।

उनले स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधिहरू स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘जनप्रतिनिधिहरूले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिँदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ ।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरूले आचारसंहिता विपरीत गतिविधि गरेकोप्रति समेत असन्तुष्टि जनाएका थिए ।

११ माघमा भएको निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरकारपालिकाका मेयर गोपाल हमालले लगायत केही जनप्रतिनिधिहरूले मतदान गरेका थिएनन्

सम्बन्धित समाचार : तीन चर्चित मेयरले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार

सम्बन्धित समाचार : राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह

Tags :
प्रतिक्रिया दिनुहोस