मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा


१४ माघ २०८०, आइतबार


काठमाडौँ । भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताए । गत हप्ता नै नीतिश कुमारले राजदबाट गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्ने अनुमान गरिएको थियो ।

नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राजदसँग मिलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस