मधेशबाट गठबन्धनका उम्मेदवार ढुङ्गाना र चौधरी विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेशबाट गठबन्धनका उम्मेदवार ढुङ्गाना र चौधरी विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली काँग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।

निर्वाचित ढुङ्गानालाई प्रदेश सभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेश सभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस