सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको मतदान सकियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको मतदान सकियो


११ माघ २०८०, बिहिबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् ।

उनीहरू सबैले मतदान गरेको मतदान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबैभन्दा पहिले माओवादी केन्द्रका सांसद ओमविक्रम भाट ‘सरल’ र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए ।

अर्को मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ तीन जनाले मतदान गर्न बाँकी रहेको छ। यहाँ ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक क्लस्टरतर्फ काँग्रेसकै नारायणदत्त भट्ट र महिला क्लस्टरतर्फ माओवादीकी रेणु चन्द उम्मेदवार छन् ।

एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस