हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा परिणत गर्ने सरकारको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा परिणत गर्ने सरकारको तयारी


१० माघ २०८०, बुधबार


काठमाडौँ । आगामी हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यो अधिवेशनमा धेरै विधेयक पारित गराउन सरकारले गृहकार्य गरिरहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘हिउँदे अधिवेशन भनेको विधेयक अधिवेशन हो । संघीयता कार्यान्वयनको लागि आवश्यक कानून मन्त्रालयले अलग अलग मन्त्रालयसँग छलफल पनि गरिरहेको छ । हिजोको क्याबिनेटमा पनि प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन गरिसक्नुभएको छ । त्यहीअनुसार सबै मन्त्रालय विधेयक बनाउन लागिरहेको रिपोर्टिङ पनि छ ।’

उनले संघीय शिक्षा ऐन, संघीय निजामती ऐन, प्रहरी ऐनलगायतका महत्त्वपूर्ण ऐनलाई पनि टुङ्ग्याउने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस