चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


८ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू समाधन गर्न प्याकेज नै ल्याउने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरवारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने बताएका हुन् ।

‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सीटीईभीटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ,’ उनले भने,‘त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।’

स्वास्थ्य क्षेत्र र नर्सिङ क्षेत्रका समस्याबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ, त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ,’ उनले भने ।

ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने भन्दै उनले ऐनले खोलेको बाटोको आधारमा सक्दो सम्बोधन गर्न तत्पर हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस