मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु


८ माघ २०८०, सोमबार


रामपुर (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस