नेपाल भित्र भिसा शुल्क अब अनलाइनबाटै तिर्न सकिने  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाल भित्र भिसा शुल्क अब अनलाइनबाटै तिर्न सकिने 


७ माघ २०८०, आइतबार


काठमाडौँ । आइतबारदेखि नेपाल भित्र भिसा शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न सुरु भएको छ । अध्यागमन विभागमा जर्मन नागरिक एनके ग्रुपले पहिलो पटक मोबाइल बैंकिङमार्फत भिसा शुल्क भुक्तानी गर्दै अनलाइन माध्यमबाट भिसा शुल्क तिर्ने कार्यको सुरुवात भएको हो ।

अब नेपालभित्र भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा आएर लाइन लाग्नु नपर्ने जनाइएको छ । विभागका अनुसार अध्यागमन विभाग र अन्तरगतका कार्यालयलाई पूर्ण रूपमा अटोमेशनमा लैजाने क्रममा विभागमा यसको प्रयोग सफल भएको हो ।

माघ दुई गतेदेखि शुरु भएको अनलाइनमार्फत सेवाप्रवाह गर्ने अभियानले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह हुने विभागको अपेक्षा रहेको महानिर्देशक तामाङले बताए । उनका अनुसार अब सेवाग्राहीले विजनेश भिसाको लागि अध्यागमन विभाग धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस