२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शाखा प्रमुखमाथि वैद्य नेतृत्वको पार्टी कार्यकर्ताले दले कालो मोसो

अ+ अ-

काठमाडौँ। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बागलुङ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथि कालो मोसो दलेको छ ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बागलुङले कार्यालयतर्फ आउँदै गर्दा बिहान पौने १० बजेतिर गाउँपालिका-६ खाल स्थित मध्यपहाडी लोकमार्गमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केसीलार्ई कालो मोसो दलेको गाँउपालीका स्रोतले जानकारी दिएको छ । 

स्रोतले भन्यो, ‘बिहान कार्यालय आउँदा बाटोमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्ययताले कालो मोसो दलेको भन्ने जानकारीमा आएको छ ।’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले विज्ञप्ति जारी गर्दै म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाही स्वरूप कालो मोसो उनीहरुको भनाई छ ।

‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिसनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो’, जिल्ला इन्चार्ज अजनबी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको लगायतका कारणले कारबाही गरिएको उनीहरूले बताएका छन् । 

आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।