कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट


७ माघ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको हो ।ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । कप्तान विपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।

गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका अभ्यासले २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएका हुन् । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १र१ विकेट लिए ।

यी दुवै टिम पहिलो जितको खोजीमा छन् । गण्डकी यसअघि भएका ३ खेल र कोशी ५ खेलमा पराजित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस