माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा


७ माघ २०८०, आइतबार


काठमाडौँ । नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार झन्डा र प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर नारा लगाएका थिए।

त्यहाँबाट १७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस