रास्वपा सांसद शाहले गरे उपचार खर्च फिर्ता गर्ने घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रास्वपा सांसद शाहले गरे उपचार खर्च फिर्ता गर्ने घोषणा


७ माघ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सो घोषणा गरेका हुन् । उनले आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको दाबी गरेका छन् ।

सांसद शाहले भनेका छन्, ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाँचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया इमानदारीपूर्वक पुरा गरेको हुँ । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद । भोलि बैंक स्टेटमेन्ट चेक गर्छु र ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुःख पनि अनेक छन् है । कुरो यत्ति हो। प्रश्नका लागि धन्यवाद ।’

Tags :
प्रतिक्रिया दिनुहोस