प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै 


७ माघ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ ।

गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा छ । पाँचै खेल हारेको कोशी प्रदेश पुछारमा रहेको छ । नेपाल पुलिस क्लब आफ्ना दुवै खेल जितेर चार अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब आफ्ना तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ । अहिलसम्म खेलेका तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको पहिलो र पाँचमध्ये तीन खेल जितेको बाग्मती प्रदेश दोस्रो स्थानमा छ । पाँचमध्ये तीन खेल जितेको मधेश प्रदेश रन रेटको आधारमा तेस्रो स्थानमा छ ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस