अनुदान र लेखन वृत्तिका लागि प्रेस काउन्सिलले माग्यो आवेदन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनुदान र लेखन वृत्तिका लागि प्रेस काउन्सिलले माग्यो आवेदन 


७ माघ २०८०, आइतबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखन वृत्तिका लागि आवेदन माग गरेको छ । 

काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखन वृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ । त्यस्तै, एउटा सञ्चार केन्द्र स्थापनाका लागि अनुदान कार्यक्रम रहेको जनाएको छ । 

काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो । काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस