२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाइँसराई तीव्र हुँदै गएपछि बढ्दै बाँझो जग्गा

अ+ अ-

बागलुङ । ऋणात्मक जनसङ्ख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँगाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः बाँझिन थालेका हुन् ।

खेतीयोग्य जमिन बाँझो हुन थालेपछि यहाँका घर आँगनमा रुख बिरुवा उम्रन थालेका छन् । रुख बिरुवा बढ्न थालेपछि बाँदरले दुःख दिन थालेका स्थानीय बताउँछन् । जैमिनी–५ बिनामारेमा रहेको वडा कार्यालय आसपासको बारी बाँझो छ ।

पछिल्लो चार÷पाँच वर्षदेखि जग्गाधनी बसाइँसरेर सहर गएपछि यहाँको जग्गा बाँझो रहेको वडाध्यक्ष ठगेन्द्रबहादुर थापा क्षत्रीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयअघिको खेतीयोग्य जग्गा सिँचाइको अभावमा पाँच वर्षअघि मात्रै बारीमा परिणत गरिएको थियो ।

उक्त जग्गाका धनी पोखरा बसाइँसरेपछि जग्गा हेरचाहको जिम्मा लिएकाले खेती गर्न नसकेपछि जग्गा बाँझो बनेको क्षत्रीको भनाइ छ । ‘बिनामारेको वडा कार्यालय परिसरको जग्गा त उदाहरण मात्रै हो । जैमिनीमा धेरै जग्गा बाँझो हुन थालेका छन्’ उनले भने, ‘केही जग्गा बसाइँसराइका कारणले बाँझिन थालेको हो भने, केही जग्गा बाँदर आतङ्कका कारण बाँझिएका छन् ।’

क्षत्रीका अनुसार नगरपालिकाले बाँझो जग्गामा एकीकृत खेती गर्न ‘पढ्दै कमाउँदै’, ‘लिड विद्यालय’ र ‘एक विद्यालय एक उत्पादन’ कार्यक्रम ल्याएको छ ।

‘वडाका अधिकांश घर रित्तै छन् । गाउँघरमा मानिसको सङ्ख्या कम हुन थालेपछि बाँदर बढ्न थाले, गाउँमा बस्नेलाई बाँदरको आतङ्कका कारण खेती गर्न समस्या हुन थाल्यो’, उनले भजे। ‘बसाइँ सर्नेहरू सरिसके, गाउँमा बाँकी रहेकालाई समेत बाँदरले बसाइँसराइका लागि बाध्य बनाउँदै छ ।’

बिनामारेका कृषक पवन सुवेदीले बाँझो जग्गाले नगरवासीलाई थप बसाइसराइ उन्मुख गराइरहेको बताए । सिँचाइको सुविधा नभएका क्षेत्रमा जग्गा बाँझिदै गएको बताउँदै उनले जग्गा बाँझिन थालेपछि बाँदर आतङ्क बढेको सुनाए ।

सुवेदीका अनुसार नगरपालिकाले बाँदर नियन्त्रण गर्ने र खेतीयोग्य जग्गामा एकीकृत खेती प्रणालीको अवधारणा ल्याउन जरुरी छ । ‘जैमिनीमा सडक बन्दै छ, विद्युत् आयो, स्वास्थ्य सेवा विस्तार हुँदैछ तर, जग्गा बाँझिदै छ । बाँदरले गाउँका मान्छे सहरतर्फ लखेट्दै छ’, उनले भने, ‘बसाइँसराइले जनसङ्ख्या घट्दै गएपछि बाँदरको सङ्ख्यामा वृद्धि भयो, अहिले सामान्य नागरिक, गरिब तथा विपन्न मात्रै गाउँमा छन् । हुनेखाने बसाइसराइ सरेर बजारतर्फ लागे ।’

नगर क्षेत्रमा पर्ने गाउँका जग्गा बाँझिन थालेपछि नगरपालिकाले विज्ञ सम्मेलनमार्फत चक्रीय नगदे बालीको अवधारण ल्याएको नगरप्रमुख नरबहादुर पुनले बताइ । उनले भने, ‘स्वास्थ्य र शिक्षामा केन्द्रित भएपछि केहीमात्रामा बसाइसराइ रोकिन्छ । बाँझो जग्गालाई एकीकृत गर्ने भिरालो जग्गामा उन्नत जातका घाँस लगाउने, फलफूलखेती विस्तार गर्ने योजना हो । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन प्रेरित गर्ने कार्यक्रम ल्याउने योजनामा छौँ । बजारीकरणमा पालिकाले सघाउनेछ ।’

नगरपालिकाभित्रको कृषि सडकको स्तरोन्नति भएमा मात्रै जैमिनीमा उत्पादन भएको तरकारी र सुन्तला बजारीकरणमा सहज हुने स्थानीय किसान भोजबहादुर बोहोराले बताए । उनले सिँचाइको सुविधा नभएकाले धेरै जग्गामा यहाँका स्थानीयले खेती गर्न नसकेको बताउँदै भिरालो सानो बारीमा फलफूल र घाँसखेती गर्ने र चक्ला फाँटमा मात्रै एकीकृत खेती प्रणाली अपनाउन आवश्यक रहेको बताए ।

जैमिनी नगरपालिकाले बाँदर भुलाउन ‘मङ्की पार्क’ बनाउन बजेट नै विनियोजन गरिसकेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनका अनुसार नगरलाई कृषि र पर्यटनका क्षेत्रबाट मात्रै विकास गर्न सम्भव रहेको विज्ञको सुझावका आधारमा नीति बनाएर अगाडि बढेको छ ।

उपप्रमुख शर्माका अनुसार आगामी कार्यकालसम्म नगरपालिकालाई कृषि र पर्यटनमार्फत समृद्धतर्फ डो¥याउने गरी आधार निर्माण गर्न नगरपालिका लागिपरेको छ । नेपालको जनगणना २०७८ अनुसार ऋणात्मक जनसङ्ख्या वृद्धि भएको जैमिनी नगरपालिकामा बसाइसराइ प्रमुख समस्याका रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस