२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफ्रिकाका नेपालीहरूको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

अ+ अ-

युगान्डा । अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफ्रिकामा बसोबास गरिरहेका नेपालीहरूका समस्या आफूले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् । असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री दाहालले  गैरआवासीय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदुत युगान्डाद्वारा संयुक्तरुपमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले विदेशमा रहेका नेपालीहरूका समस्याबारे  सरकार जानकार रहेको र यसको समाधानको लागि कटिबद्ध रहेको बताए । ‘फ्रिकामा रहेका नेपालीहरूका समस्याबारे यहाँ आउँदा जानकारी पाएँ, अब तिनलाई समाधान गर्नेछौ, ’उनले भने ।

कार्यक्रममा  एनआरएनए युगान्डाका तर्फबाट पूर्वअध्यक्ष विनोद थापाले अफ्रिकामा नेपालीहरूको स्थिति र बेहोर्नु परेको समस्याबारे जानकारी गराएका थिए । उनले मानव तस्करहरूले अमेरिका पुराउने भन्दै ुट्रान्जिटको रूपमा  युगान्डा ल्याई अलपत्र पारिदिने, अवैध रूपमा नेपाली महिलालाई डान्सबारमा काम गर्न  लगाउने, श्रम स्वीकृति र पासपोर्ट नवीकरणमा समस्या हुने, काठमाडौँस्थित विमानस्थलमा अध्यागमनले दिने दुःख दिने गरेकोमा ती समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरे।

कार्यक्रममा युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. सुधीर रुपारेलियाले युगान्डामा नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपाल सरकारका उच्च अधिकृतहरूको समेत उपस्थिति थियो ।

एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालको सभापतित्वमा सञ्चालित कार्यक्रममा गैर आवासीय नेपाली संघ युगान्डाका पूर्व अध्यक्ष तथा संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको र विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए।

राजधानी कम्पारास्थित साइन क्विजिनमा आयोजित कार्यक्रममा अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन् । अध्यक्ष अर्यालका साथै सङ्घका पूर्व अध्यक्षहरू रमेश कँडेल, विनोद थापा, प्रेम श्रेष्ठ लगायतले विशिष्ट अतिथिहरूलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस