४४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

४४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । ४४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस