एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल मनीषालाई ओलीको बधाई « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल मनीषालाई ओलीको बधाई


४ माघ २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मनीषा जिसीलाई बधाई तथा शुभकामना दिएका छन्।

लोक सेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल गुल्मीकी मनीषालाई धन्यवाद दिएका हुन्।

सम्बन्धित समाचार : एकैवर्षमा लोक सेवाको पाँच परीक्षा उत्तीर्ण

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद् खबर हो। मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ। मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’

Tags :
प्रतिक्रिया दिनुहोस