राष्ट्रिय सभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र


३ माघ २०८०, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ ।

प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई मतदान केन्द्र रहने गरी सात मतदान स्थल र १४ वटा मतदान केन्द्रमा प्रदेश सभाका ५४९ र स्थानीय तहका १४९८ गरेर जम्मा मतदाता २०४७ रहेका आयोगले जनाएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको आयोगको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस