प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिसको विजयी सुरुवात  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिसको विजयी सुरुवात 


२८ पुस २०८०, शनिबार


काठमाडौँ ।  प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।

पुलिसले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमती ४२.३ ओभरमा २ सय १४ रनमा समेटियो । बागमतीका लागि अशुतोष घिरैयाले ९२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । अर्को ओपनर इशान पाण्डेले ४४ रनको योगदान दिए । पुलिस क्लबका लागि सागर ढकालले ३ तथा करन केसी, राशिद खान र दीपेन्द्रसिंह ऐरले २–२ विकेट लिए ।

यसअघि राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनायो ।

खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यस क्रममा ९ चौका र ६ छक्का हिर्काए । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै राम्रो साथ दिए ।  कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।

बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस