प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि, तीन खेल हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि, तीन खेल हुँदै


२८ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । 

प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, मुलपानी क्रिकेट मैदानमा आजै हुने अर्को खेलमा कोशी प्रदेश र मधेश प्रदेश आमनेसामने हुनेछन् । त्यसैगरी भैरहवामा लुम्बिनीले गण्डकी प्रदेशबीच खेल्ने तालिका छ । तीनै खेल बिहान ९ बजेपछि सुरु हुने छन् ।

एकदिवसीय प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस