अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।

उनीहरूलाई पक्राउपछि बुधबारै थप कारबाहीकालागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार पुजन, निशानराज र निशानले अनलाइनका विभिन्न एपहरूमार्फत हारजित हुने र आम्दानी हुने भन्दै सट्टेबाजी गराई खेल खेलाउने गरेका थिए । प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुँदै आएको ल्यापटप र मोबाइलसमेत उनीहरूबाट बरामद गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस