कृषि क्षेत्रलाई कम्तीमा ५ प्रतिशत छुट्याउनुपर्छ : डा. आरजु राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषि क्षेत्रलाई कम्तीमा ५ प्रतिशत छुट्याउनुपर्छ : डा. आरजु राणा


२५ पुस २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि कम्तिमा ५ प्रतिशत छुट्याउनुपर्ने बताएकी छन् ।

समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री वेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको बताएपछि सभापति डा. राणाले कृषि क्षेत्रको बजेट बढाउनुपर्ने बताएकी हुन् ।

समिति सभापति राणाले कृषि समितिको तर्फबाट आगामी बजेटमा कृषि क्षेत्रको हिस्सा बढाउन पहल लिने पनि जानकारी दिइन् । उनले समितिले अर्थ मन्त्रालयलाई पत्र नै पठाएर कृषि क्षेत्रमा बजेट बढाउनका लागि पहल लिने प्रतिबद्धता जनाइन् ।

‘कृषि हाम्रो मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि कृषिमा बजेट राख्नु लगानी हो, ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्,’ सभापति राणाले भनिन्, ‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेको छ, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छौँ । यो संसदीय समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस