पूर्व डिआइजी शाहलाई ३ वर्ष जेल सजाय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्व डिआइजी शाहलाई ३ वर्ष जेल सजाय


२५ पुस २०८०, बुधबार


काठमाडौँ । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस