२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको सेवाको मर्मत सम्भारलाई चुस्त बनाउन आवश्यक : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन्।

मन्त्रालयमा बुधबार भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम) को मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्‍याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उनले टेलिकमले आफ्नो सेवाका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन्। उनले टेलिकमले आफ्ना सम्पूर्ण सेवाको मर्मत सम्भारलाई पनि चुस्तदुरुस्त बनाउनुपर्ने बताइन्।

उनले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताइन्। उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासा रहेका भन्दै सो गुनासालाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारिन्।

उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन्। उनले यसलाई २४ घण्टा सेवामा पुर् याउन आवश्यक छलफल भइरहेको पनि जानकारी दिइन्। उनले रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम)को मुसिकोटमा फाइवर टु द होम सेवा पुर् आउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताइन्।

त्यस्तै, सो क्षेत्रको रहनसहन र वेशभूषालगायत सबै सांस्कृतिक कुरालाई राज्यको मूल प्रवाहमा ल्याउनसमेत सहयोग पुग्ने बताइन्। मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर् आइसक्ने बताइन्।

बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्र पुर् आइसक्ने लक्ष्य लिइएको बताइन्। उनले दूरसञ्चार सेवाको पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउन टेलिकम अगाडि बढेको उल्लेख गरिन्।