उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका हुन्।

बुधवार काठमाडौँ जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरेका छन् ।

अधिवक्ता घिमिरेले सो सम्बन्धी सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको स्पष्ट पारे। सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरूको भनाई रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस