शिक्षक स्वर्णकार हत्या प्रकरणमा प्रेमीका भनिएकी गुप्तासहित सात जना जेल चलान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षक स्वर्णकार हत्या प्रकरणमा प्रेमीका भनिएकी गुप्तासहित सात जना जेल चलान


२५ पुस २०८०, बुधबार


काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका-छ निवासी बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना जेल चलान भएका छन्।

स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सात जनालाई अदालतले जेल चलान गरेको हो। जिल्ला अदालत बारामा कर्तव्य ज्यान, सङ्गठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतले जनाएको छ । बाँकी चार जना भने फरार छन्।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, सङ्गठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।

पुस १७ गतेदेखि लगातार पेसीको क्रममा मुद्दामा अदालतले मंगलबार सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस