काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाइएको सत्तारुढ दलका एक नेताले बताए ।
उनका अनुसार गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट काँग्रेसका १०, माओवादी केन्द्रका छ, एकीकृत समाजवादीका दुई र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।