१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटलाई लिएर कटहरियाका जनप्रतिनिधि बिच विवाद, बैठकमा नआएपछि उपप्रमुखले लगाइन् ताला

अ+ अ-

रौतहट । जनप्रतिनिधि बिच बजेटको विषयमा कुरा नमिल्दा रौतहटको कटहरिया नगरपालिकामा तालाबन्दी भएको छ । नगर उपप्रमुख रितादेवी यादवको नेतृत्वमा जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

बजेट सिलिङको विषयलाई लिएर जनप्रतिनिधि बिचको विवाद चर्किँदा स्थिति ताला लगाउनेसम्म पुगेको हो । जनप्रतिनिधि बिच भागबन्डामा कुरा नमिल्दा पालिकामा ताला लगाएको बताइएको छ । पालिकामा ताला लागेपछि सेवा प्रवाह प्रभावित भएको छ । जनप्रतिनिधिको विवादले आफूहरूले समस्या भोग्नु परेको सेवाग्राहीको गुनासो छ ।

नगरप्रमुख अजय प्रकाश जैसवालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपप्रमुख यादवसहित वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर ७ का अध्यक्ष सहिद मिया र कार्यपालिका सदस्य जामुन ठाकुरलगायते ताला लगाएका हुन् । नगरप्रमुखले अनियमितता गरेको आरोप लगाउँदै उपप्रमुखलगायतका जनप्रतिनिधिले ताला लगाएका हुन् । 

गत बुधवार बसेको कार्यपालिकाको बोर्डको बैठकमा जनप्रतिनिधिहरूले कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने, नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतमा खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्नेबारे छलफल हुनुपर्ने माग राखेका थिए । करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजालगायतका शीर्षकमा अनियमितता गरेको आरोप नगरप्रमुख माथि लगाइएको छ । आफूमाथि लागेको आरोप बारेको सम्पूर्ण विवरण सोमबारको बैठकमा पेस गर्ने बताएका नगरप्रमुख जैसवाल बैठकमै उपस्थित नभएपछि कार्यालयमा ताला लगाएको उपप्रमुख यादवले जानकारी दिइन् ।

यता नगरप्रमुख जैसवालले आफूमाथि लगाइएको आरोप निराधार रहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपमेयर सावलाई दुई करोड रुपैयाँ बजेट चाहियो । त्यो रकम कहाँबाट ल्याउने ?’ गत वर्ष दश लाख रुपैयाँ बजेट छुट्टाएको उपप्रमुख संयोजक रहेको न्याय समितिले कुनै काम गर्न नसकेको उनको आरोप छ । विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने नगरप्रमुख जैसवालले बताए । 

केन्द्रबाट आउने बजेट कटौती भएका कारण कर्मचारीलाई तलब खुवाउन र विकास निर्माणका काम प्रभावित भएको उनले बताए । नगरपालिकामा उत्पन्न समस्या बारे मङ्गलवार छलफल गरेर छलफलकै माध्यमबाटै समाधान खोज्ने नगरप्रमुख जैसवालले बताए । ‘जनप्रतिनिधिहरू स्वार्थी हुँदा काम गर्न समस्या भएको हो । सबैलाई बजेट चाहिएको छ, मैले घर बेचेर दिने ?’ उनले भने, ‘१९ जनाको पालिका बोर्डमा ४ जनाले ताला लगाएका छन् ।’ प्रमुख र उपप्रमुख दुवै नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस