काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमति जनाएका छन् ।
काँग्रेस संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका १० सिटको बाँडफाँट गरेको छ । जसमध्ये संस्थापनका सात र संस्थापनइतरका तीन जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
बोर्डको बैठकको सो निर्णयमा महामन्त्री शर्माले भने आपत्ति जनाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय हप्ता दिनमै ‘रद्दीको टोकरीमा फालेको’ भन्ने उनको आपत्ति छ।
उनले बैठकमै कुरा राखेका थिए। विश्पप्रकाशनले मौखिक रूपमा विमति जनाएका हुन्।
महामन्त्री शर्माको फरक मत
१. उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रस्ट असहमत ।
२. संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको रु
३. राष्ट्रियसभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? काँग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४. समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
५. नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६. राष्ट्रियसभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रस्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौँ साथी हुनहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।







