गुल्मीको सिडिओमा शर्मा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुल्मीको सिडिओमा शर्मा 


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । गुल्मीको  प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा कृष्ण शर्मा नियुक्त भएका छन् । गृह मन्त्रालयले बिहीवार(हिजो) शर्मालाई गुल्मीको सिडिओमा पठाउने निर्णय गरेको हो । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखा प्रमुख रहेका शर्मालाई केही समय अघि म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिए पनि ठुलो शक्ति सङ्घर्षका कारण उनी त्यहाँ जान सकेनन् र मन्त्रालयमै रोकिएका थिए । प्रजिअका लागि आकर्षक जिल्ला मानिने म्याग्दीमा जान निकै ठुलो रस्साकस्सी चलेको थियो ।

राम्रै काम गर्ने र क्षमता पनि भएकोले उनलाई त्यहाँ पठाउने निर्णय भए पनि जिल्लास्थित सत्तापक्षकै केही नेताहरूले कुनै पनि हालतमा हुँदैन भनेपछि मन्त्रालयले लक्ष्मण ढकाललाई पठाएको थियो । 

गुल्मीका प्रजिअ टेकबहादुर केसी बिहीबार(हिजो) अनिवार्य अवकाशमा गएसँगै रिक्त प्रजिअमा शर्मालाई पठाउने निर्णय भएको प्रशासन सिंहदरवार खास स्रोतले जानकारी दियो । गुल्मीमा सहसचिव प्रजिअ रहने व्यवस्था छ ।  

आजै मात्र ललितपुर जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी पठाइएको छ । 

सम्बन्धित समाचार : ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल

Tags :
प्रतिक्रिया दिनुहोस