ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । भर्खरै मात्र गृह मन्त्रालयले श्रेष्ठलाई ललितपुर प्रशासन प्रमुख बनाई पठाएको हो । सहसचिव श्रेष्ठ आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएसँग रिक्त रहेको थियो । 

यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् । तत्कालीन एसएसपी सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएसँगै हेड क्वाटरबाट खनाललाई ललितपुर पठाउने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । 

Tags :
प्रतिक्रिया दिनुहोस