एमाले सचिवालय बैठक आज बस्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले सचिवालय बैठक आज बस्दै 


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय ललितपुरको च्यासलमा पौने १ बजे बस्ने छ । 

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।

 राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । 

सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस