२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन हुने कार्यक्रम ल्याउन जरुरी’

अ+ अ-

काठमाडौँ । महिला उद्यमी महासंघ नेपाल (एफविन) ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ। महासंघकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको टोलीले बुधबार महानगरपालिका प्रमुख रेनु दाहाललाई भेटेर यस्तो सुझाव दिएको हो। 

युवाहरू रोजगारीको लागि विदेशिएको अवस्थामा स्थानीय पालिकाहरूले महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन सुझाव दिएको अध्यक्ष ज्ञवालीले बताइन्। उनले स्थानीय पालिकाहरूले पनि महिलालाई उद्यमी बन्न सहज हुने गरी नीति बनाउन आवश्यक रहेको बताइन्।

उनले महिलाहरूलाई उत्पादनसँग जोडेर लैजान महानगरपालिकालाई आग्रह गरिन्। महिलाहरूको सशक्तीकरणका लागि महासंघ लागेको भन्दै यसमा राज्यले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ।

महानगरपालिका प्रमुख दाहालले महिलाहरूलाई प्राथमिकतामा राखेर भरतपुर महानगरपालिकाले काम गरेको बताएकी छिन्। उनले महानगरपालिकाको वडा नम्बर २१ र १८ मा लघु औद्योगिक ग्राम स्थापना गर्न लागेको बताइन्। महिलाहरूको क्षमता अभिवृद्धि लगायतका काममा महानगरपालिका लागेको बताउँदै उनले आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्ने बताइन्।

महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा शोयता उपाध्याय निर्वाचित भएकी छिन्। संस्थाको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। संस्थाको प्रथम उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आरती प्रधान, तृतीय उपाध्यक्षमा सदीक्षा सिग्देल सचिवमा तारा रसाइली, कोषाध्यक्षमा तिर्सना उप्रेती निर्वाचित भएकी छिन्। त्यस्तै सदस्यहरूमा बिना खरेल, डा. पूजा कोइराला, विद्या पौडेल र भावना श्रेष्ठलाई चयन गरिएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले आर्थिक सशक्तीकरणका लागि महिलाहरू एक जुट हुन आग्रह गरिन्। महासंघमा ६६ जिल्लाबाट पाँच हजार बढी महिला आबद्ध भएको बताउँदै अप्रत्यक्ष रूपमा ५० हजार बढी महिलाको सहभागिता रहेको बताइन्। आगामी दिनमा ग्रामीण क्षेत्रका महिलाहरूलाई उद्यमी बनाउन तालिमहरू सञ्चालन गर्ने उनले बताइन्। महासंघले हस्तकला, कृषि, पर्यटन क्षेत्रका महिलाहरूलाई तालिम प्रदान गरेको जानकारी उनले दिइन्। उनले राज्यले गर्नुपर्ने काम आफूहरूले गर्दै आएको बताइन्।

महासंघकै पहलमा राज्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न ४१ करोड रुपैयाँ विनियोजन गरेको बताइन्।

महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष बासमती प्रधानले अन्य महिलाहरूलाई पनि उद्यमी बनाउनुपर्ने बताएकी छिन्। महिलालाई समावेश गरेर सरकारले छुट्टै योजना बनाउनुपर्ने धारणा समेत राखिन्। सरकारसँग आफ्नो अस्तित्व देखाउन सञ्जालको आवश्यकता रहेको भन्दै उनले महिला उद्यमीको सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताइन्।

भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता पौडेलले महिला दिदी बहिनीहरूले गरेको काम देखेर खुसी लागेको बताइन्। महिलाहरूलाई उद्यमी बनाउन कठिन रहेको बताइन्।