२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको सिट भागवण्डाबारे छलफल 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनको सिट भागवण्डाबारे प्रमुख तीन दलसँग छलफल गरेको छ । 

बुधबार बिहान नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न पनि सत्ता गठबन्धनमा रहेका चार दलको बैठक बोलाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एमाले नेताहरुले आफूहरूलाई राष्ट्रिय सभामा शून्य नबनाउनुस् भनेका छन् भन्दै धारणा मागेका थिए ।

सम्बन्धित समाचार : गठबन्धन बैठकमा ‘प्रचण्ड’ले भने-ओलीले राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउनुस् भन्नुभएको छ

सत्ता गठबन्धनको बैठक सकिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच राष्ट्रियसभा निर्वाचनका विषयमा कुराकानी भएको थियो । उक्त बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावमा आफूहरूलाई चाहिने सिट संख्या प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल २० फागुनमा सकिनेछ । जसमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

स्रोतका अनुसार काँग्रेस र माओवादी शीर्ष नेताहरुले एमालेको मागअनुसार सिट दिन नसक्ने बताएका छन् । किनकी प्रधानमन्त्री ‘प्रचण्ड’लाई सत्ता गठबन्धनका अरु दललाई पनि मिलाउनुपर्ने दबाब छ ।

सत्ता गठबन्धनको बैठक बिहीबार बिहान ९ बजे बोलाइएको छ । यो बैठकले एमालेलाई पनि समेटेर जाने कि सत्ता गठबन्धनमा मात्र भागवण्डा गर्ने तय गर्नेछ ।