अख्तियारद्वारा राजस्व चुहावट सम्बन्धी मुद्दामाथि सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियारद्वारा राजस्व चुहावट सम्बन्धी मुद्दामाथि सर्वोच्चमा पुनरावेदन


१८ पुस २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ ।

विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी आज सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

घटी राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूलाई १७ लाख ४० हजार ६६ रुपैयाँ बिगो कायम गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस