राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न एमालेद्वारा सचिवालय बैठक आह्वान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न एमालेद्वारा सचिवालय बैठक आह्वान


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । केन्द्रिय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रिय कार्यालयले जनाएको छ

बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने सूची छ । विशेषगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवार बैठकको एजेण्डा बन्ने बताइएको छ ।

गत ८ पुसमा एमाले प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । आगामी २३ पुसमा राष्ट्रियसभाको १९ पदका निम्ति मनोनयन दर्ता हुँदैछ ।

सचिवालय बैठक अगाडि भोलि एमालेको प्रदेश पदाधिकारीहरूको भेला राखिएको छ । केन्द्रिय कार्यालय च्यासलमै पदाधिकारीहरूको भेला राखिएको केन्द्रिय कार्यालय सचिव अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस