राष्ट्रिय सभामा गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभामा गण्डकीबाट एमालेका ९ जनाको नाम सिफारिस


१८ पुस २०८०, बुधबार


काठमाडौँ । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेले ९ जनालाई उम्मेदवार सिफारिस गरेको छ । केन्द्रिय कमिटिलाई अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस भएको छ ।

अपांग अल्पसङ्ख्यकमा कास्कीका मेघराज शर्मा, मुस्ताङको हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस भएको छ । यस्तै महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी इश्वरी सिग्देल अर्यालको नाम गण्डकी प्रदेश कमिटीले पठाएको छ । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुदैछ ।

गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल फागुन २० गते सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन । पन्थ काँग्रेसबाट निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस