रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित


१८ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट प्रतियोगितामा रुबिना क्षेत्री प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएकी छन् ।

बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बलले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको छ । कोशीकी कप्तान रुबिना क्षेत्रीले ६२ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

यद्यपि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन् । प्रतियोगिताको कुल १० खेलमा ३४४ रन बनाएकी राष्ट्रिय टिमकी पूर्वकप्तान रुबिनाले १० विकेट लिएकी थिइन् । उनले स्कुटर पुरस्कार पाएकी छन् ।

गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषणा भइन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् । उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरेकी छन् ।

प्रतियोगिता उत्कृष्ट बलर पूजा महतो चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् । उनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । सुमन र पूजाले समान ५० हजार प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस