राष्ट्रिय सभामा संविधानले परिकल्पना नगरेकाहरू आउँदैछन् : गगन थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभामा संविधानले परिकल्पना नगरेकाहरू आउँदैछन् : गगन थापा


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू दलहरूले ल्याइरहेको बताएका छन् । पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा समस्या आएको बताए ।

उनले भने, ‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको छलफलमा छौँ। हाम्रो पार्टीको विधान अनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ म नजिकबाट नियालिरहेको छु । राष्ट्रिय सभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरू त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ । अहिले त्यो बहसमा पनि नआउँने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफै हराउँदै छ। पार्टीको वैधानिक संरचनामै यो देखिन्छ ।’

उनले अहिले काँग्रेसले अहिले देश सङ्कटमा छ भन्न नमिल्ने टिप्पणी गरे । उनले भने, ‘सरकारको पक्षको हुँ । म सरकारको शुभेच्छुक हुँ । मैले मत हालेको हो । मैले विरोध गर्दै गर्दा त्यसले विशेष अर्थ राख्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस